कोरोना कहरमा मनसुनलाई वेवास्ता नगरौं, यसरी बढाऔं रोग प्रतिरोधात्मक क्षमता



Download our app to get more features

काठमाडौं, २८ असार । नेपालसहित पुरै विश्व नै यतिबेला कोरोना महामारीको चपेटामा आइसकेको छ । जहाँ केही मुलुकमा महामारी नियन्त्रणमा आइसकेको छ भने केही मुलुक नराम्रोसँग प्रभावित हुँदै गएको छ । गत डिसेम्बरमा देखिएको कोरोना महामारी अझै नियन्त्रणमा आउन नसकेको अवस्थामा सबैले आ आफ्नो तर्फबाट सतर्कता र सचेतता अपनाउनु जरुरी भएको बेला मनसुनलाई भने वेवास्ता गर्नु हुँदैन । 

मनसुन सुरु भइसकेको छ, बजारमा चहलपहलपनि बढि रहेकै छ । पहिलेको जत्ति भिडभाड नभएपनि मानिसहरुको आवतजावत पनि बाक्लिदै गएको छ । यो बेलामा हामीले कोरोना सङ्क्रमण मात्रै होइन की मनसुनी रोगहरुबाट जोगिने कुरामा पनि ध्यान दिनु आवश्यक छ । 

मनसुनको बेलामा फ्लू र अन्या सङ्क्रमणको खतरा झन् बढी हुन्छ । यो मौसममा खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । कुनैपनि प्रकारको सङ्क्रमण वा भाइरसबाट जोगिनका लागि मानिसको रोगसँग लड्ने क्षमतालाई बलियो बनाउनु नै उत्तम विकल्प हुन्छ । त्यसका लागि कोरोनाका साथसाथै मनसुनी रोग वा सङ्क्रमणबाट जोगिन यी कुरा ध्यान दियौं भने रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । आयुर्वेद डा अमित कर्णका अनुसार खानामा यी कुरालाई समावेश गर्यौ भने हामीलाई बढी फाइदा हुन सक्छ । 

लेमन ग्रासः लेमन ग्रास एक औषधिय गुण भएको विरुवा हो । यसको तेलपनि प्रयोग गर्न सकिन्छ । प्रायः मानिसहरुले लेमन ग्रासको प्रयोग चियामा प्रयोग गर्ने गर्छन् । यसले रोग प्रतिरोधात्मक क्षमतलाई बलियो बनाउने काम गर्छ । भाइरल ज्वरो, रुघाखोकी, सर्दी जस्ता समस्यामा पनि यसको प्रयोग गर्न सकिन्छ । पानीमा काढा बनाउने बेलामा यसको पातको प्रयोग गरे हुन्छ । यसले पेट, आन्द्रा मुत्रनलीमा सङ्क्रमण हुनबाट जोगाउने पनि काम यसले गर्छ । 

अदुवाः अदुवाको औषधिय गुणबारे प्रायः सबैलाई जानकारी हुन्छ । आयुर्वेदिय तत्व अदुवाले मानिसको स्वास्थ्य र सौन्दर्यमा अनेक फाइदा पुर्याउने काम गर्छ । रोग प्रतिरोधात्मक क्षमतालाई बढाउनका लागि अदुवा चम्कारिक तत्व नै हो । अदुवामा भएको एन्टी माइक्रोबियल र एन्टी फङ्गल तत्वले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई राम्रो र बलियो बनाइ राख्नमा मद्दत गर्छ । तरकारी बोहक अदुवालाई चिया, जुस र सुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ भने काचो अदुवापनि खान सक्नुहुन्छ ।

बेसारः बेसार हाम्रो घरको भान्सामा सजिलै उपलब्ध हुने र दिनहुँ प्रयोगमा आइ रहने तत्व हो । बेसारमा एन्टी अक्सिडेन्ट हुन्छ जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाइराख्छ । कुनैपनि रोगसँग लड्नका लागि रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउनु नै उत्तम उपाय हो । त्यस कारण बेसारको प्रयोग गर्नु रोग प्रतिरोधात्मक क्षमतालाई बनाउनु हो । एक चम्मच मरिचको धुलो, एक सानो चम्मच बेसारको धुलो र एक चम्मच सुकेको अदुवाको धुलो एक कप पानीमा मिसारए तताउने र त्यो पानी उम्लेर आधा कम हुन्छ अनि चिसो बनाएर पिउनाले पनि धेरै फाइदा हुन्छ ।

तुलसीः तुलसीको बारेमा हामी सबैले सँधै प्रायः सबैको मुखबाट सुनिरहेका हुन्छौ । तुलसीले मानिसलाई धेरै फाइदा गर्छ भनेर । किनभने तुलसीमा एन्टीबायोटिक गुण हुन्छ जसले रोग प्रतिरोधात्मक क्षमलाई बलियो बनाएर शरीरलाई भाइरससँग लड्नका लागि शक्ति प्रदान गर्छ । एक चम्मच ल्वाङ्गको धुलो र १०÷१५ वटा तुलसीको पातलाई एक लिटर पानीमा राखेर उमाल्नुस । त्यो पानी उम्लिसकेपछि आधाजति भयो भने त्यसलाई छानेर चिसो बनाएर एक घन्टापछि पिउन सकिन्छ । यसले तपाईंलाई भाइरसबाट आराम दिन्छ ।

धनियाः धनिया स्वादका लागि मात्रै नभई स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । धनियाको सेवनले भाइरल ज्वरो, रुघाखोकी जस्ता रोगमा फाइदा पर्याउँछ । मनसुनको मौसममा यसको चिया बिहान र साँझ दुई समय प्रयोग गर्दा भाइरस ज्वरो कम गर्नमा मद्दत पुग्छ ।

यस्तै नियमित तातोपानीको सेवन गर्नुपर्छ भने चिल्लो, पिरो, तारेको भुटेको जस्ता खानेकुरा खानबाट जोगिनुपर्छ । स्वास्थ्यमा समस्या आएमा अस्पताल जानुभन्दा पहिले फोनमै डाक्टरलाई परामर्श गर्नु पर्छ वा अवस्था बिग्रिदै गएको लागेमा अस्पताल पुग्नुपर्छ । बाहिर जाँदा पानीमा रुझ्ने भिज्नेभन्दा छाताको प्रयोग गर्नुपर्छ । नियमित साबुनपानीले हात खुट्टा धुने बानी बसाल्नुपर्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts