नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय नाघ्यो



Download our app to get more features

काठमाडौं, २८ असार । नेपालमा थप ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा विभिन्न २५ वटा प्रयोगशालमा गरिएको परीक्षणमा ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि जनाएको हो । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ८२ जना थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ८ सय १ पुगेको जानकारी दिए । 

उनले नेपालमा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ८ हजार ५ सय ८९ जना स्वस्थ भएको पनि बताए । 

प्रवक्ता गौतमले असारको सुरुवातमा कोरोना सङ्क्रमणको दर नेपालमा १६ प्रतिशत रहेकोमा अहिले २ प्रतिशतमा झरेको जानकारी दिए । 

यस्तै पछिल्लो २४ घन्टामा कसैको पनि कोरोना सङ्क्रमणका कारण मृत्यु नभएको र मृतकको सङ्ख्या ३८ नै रहेको छ भने हालसम्म ६ जिल्ला कोरोनामुक्त भएको छ ।

Last modified on 2020-07-12 17:03:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts