भरतपुर अस्पतालबाट १६ जना संक्रमित निकाे भएर डिस्चार्ज, अब २६ जना उपचाररत



Download our app to get more features

चितवन, २८ असार । भरतपुर अस्पतालमा उपचाररत १६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

शनिवारको आरटिपिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरू कोरोना भाइरसको संक्रमणबाट मुक्त भई निको भएकोले आइतवार डिस्चार्ज गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । डिस्चार्ज भएता पनि दुई हप्ता उनीहरू घरमा नै क्वारेन्टाइनमा बस्नुपर्ने उनले जनाए । उनीहरूले सन्तुलित खानपान र स्वस्थ रहन नियमित शारीरिक व्यायाममा विशेष ध्यान दिन समेत उनले आग्रह गरे ।

निको भएर डिस्चार्ज हुनेहरुमा चितवनको कालिका, खैरहनी र राप्ती नगरपालिकाका एक/एक जना, कैलाली, झापा र गोर्खा जिल्लाका एक/एक जना रहेका छन् । त्यस्तै गरि डिस्चार्ज हुनेहरुमा बाँकी १० जना भरतपुर महानगरपालिकाका रहेका भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए  । आज पाँच जना थप सहित अब अस्पतालको आइसोलेसनमा २६ जना कोरोना संक्रमित उपचाररत रहेको उनले बताए । डिस्चार्ज भएकाहरू आवश्यक प्रक्रिया पुरागरि केही घर गईसकेका र केही जाने क्रममा रहेका समेत सूचना अधिकारी पौडेलले जानकारी दिए  । 

यसअघि, भरतपुर अस्पतालबाट असार ५ गते भरतपुर महानगरपालिका वडा नं. ६ का ७४ वर्षीया क्यान्सरका बिरामी वृद्ध र उनको ७३ वर्षिया श्रीमती, त्यसै गरि जेठ १८ गते हेटौंडा उपमहानगरपालिका-१ निवासी २५ वर्षीया पाँच महिनाकी गर्भवती महिला लगाएत विभिन्न समयमा संक्रमित थुप्रै बिरामीले कोरोना जितेर घर गईसकेका छन् ।

Last modified on 2020-07-12 17:35:43

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts