स्वास्थ्य राज्यमन्त्री रावत गंगालाल अस्पतालमा भर्ना



Download our app to get more features

स्वास्थ्य राज्यमन्त्री नवराज रावत बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रमा भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि स्वास्थ्य राज्यमन्त्री रावत आइतबार भर्ना गरिएको हो।

परीक्षण पछि उनको आइतबार नै एन्जीओप्लास्टी भएको छ। अस्पतालका निर्देशक डा चन्द्रमणी अधिकारी नेतृत्वको टोलीले  रावतको 'एन्जीओप्लास्टी' गरेको थियो।

गत बिहीबार उनले असहजता महसुस गरेपछि वीर अस्पतालमा होलवडी चेकअपका लागि गएको राज्यमन्त्री रावतका सचिवालय सदस्य टपेन्द्र बिसीले जानकारी दिए। सोही क्रममा मुटुमा समस्या हुनसक्ने संकेत देखा परेपछि आज थप जाँच लागि गंगालाल अस्पताल पुगेको बिसीले बताए।

उनले भने ‘डा अधिकारीको टोलीले एन्जीओग्राफ्री गर्‍यो, त्यसैक्रममा मुटुका केही नसामा ब्लक देखिएपछि रावतको  एन्जियोप्लास्टी गरियो। अहिले स्वास्थ्य अवस्था सुधारउन्मुख हुँदैछ।’ 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts