क्वारेन्टिनमा बसेका सबैको पिसीआर परीक्षणका लागि नमूना पठाउन स्वास्थ्य निर्देशनालय डोटीको अनुरोध 



Download our app to get more features

स्वास्थ्य निर्देशनालय राजपुर डोटीले विभिन्न जिल्ला तथा भारतबाट आइ सुदूरपश्चिमका विभिन्न क्वारेन्टिनमा बसेका सम्पूर्णको पिसीआर परीक्षणका लागि नमूना पठाउन अनुरोध गरेको छ। 

आइतबार निर्देशनालयले प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै क्वारेन्टिनमा बसिरहेका तथा अवधि पुगेका सबैको स्वाब संकलन गरी धनगढी र डडेल्धुरा प्रयोगशालामा पठाउन अनुरोध गरेको हो। 

प्रदेशका क्वारेन्टिनमा बसीरहेका व्यक्तिहरुको संख्या दिन प्रतिदिन घट्दै गइरहेको भन्दै नेपाल सरकारको कोरोना परीक्षण गाइडलाइन अनुसार नमूना पठाउन अनुरोध गरिएको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए।

संक्रमित क्षेत्रबाट फर्केका तथा संक्रमितको सम्पर्कमा आएको ५ देखि १० दिनभित्र पिसीआर जाँचका लागि उपयुक्त हुने भन्दै तुरुन्त सम्पूर्णको नमूना पठाउन भनिएको स्वास्थ्य निर्देशक अवस्थीले बताए। 
 

Last modified on 2020-07-12 21:10:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts