चितवनमा पछिल्लो २४ घन्टामा १ सय ८९ जनाको कोरोना परीक्षण, सबै नतिजा नेगेटिभ



Download our app to get more features

चितवन, ३० असार । भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा पछिल्लो २४ घन्टामा गरिएकाे नमूना परीक्षणकाे सबै नतिजा नेगेटिभ आएकाे छ ।

साेमवार चितवनकाे प्रयाेगशालामा १ सय ८९ नमूना परीक्षण गरिएकोमा सबै नतिजा नेगेटिभ आएकाे प्रयाेगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् ।

शनिवार प्रयाेगशालामा एक सय २९ वटा नमूना परीक्षण गरिएकोमा चितवनकाे भरतपुर महानगरपालिका ५, १५, १६ र २४ वडाका ३६, ३८, ४३ र ३६ वर्षीय ४ जना पुरुष त्यसै गरि २७ वर्षीया एक जना महिला सहित पाँच जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे थियाे । उनीहरूकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।

Last modified on 2020-07-17 19:00:38

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts