वीर र कान्ति अस्पतालले दैनिक परीक्षण सूची बिनै गर्छन् काम


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडौं, ३ साउन । नेपालका सरकारी अस्पतालहरुले दैनिक परीक्षण  सूची बिनै काम गर्ने गरेको पाइएको छ ।

महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदनमा वीर अस्पताल र कान्ति बाल अस्पतालमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड पूरा नगरेको उल्लेख गरिएको छ । 

vayoda

Hamro Doctor Apps2

विश्व स्वास्थ्य संगठनको मापण्डअनुसार प्रत्येक अस्पतालले दैनिकरुपमा परीक्षण सूची बनाएर डिस्चार्ज हुने बिरामी सहित प्रत्येक वार्डको बेडको स्थिति, सघन उपचार इकाईहरुको अवस्था, आकस्मिक कक्ष, मेसिन तथा उपकरणहरुको स्थिति, अत्यावश्यक औषधिको स्टक, अक्सिजन, चिकित्सक, सामानहरुको निर्मलीकरण, प्याथोलोजी ल्याब र रेडियोलोजी इकाईहरुको स्थिति अनुगमन गरी आगामी २४ घन्टासम्मको लागि अस्पतालको व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर, वीर र कान्ति अस्पतालले मापदण्डको पालना नगरेको पाइएको छ भने एक निजी अस्पतालले दैनिक बिहान खाली बेड र खाली हुने बेड, औषधिको उपलब्धता, मेसिनको अवस्था तथा सफाइ आदि अनुगमन गरी त्यसको अभिलेख राखी सबै वार्डमा जानकारी समेत दिने गरेको पाइएपनि सूची अनुरुप अनुगमन भने नगरेको पाइयो । यस्तै अर्को निजी असपतालमा दैनिक निरीक्षण समेत हुने गरे तापनि मापदण्ड अनुसार परीक्षण सूची अनुरुप अनुगमन नगरेको पाइएको छ ।

यस्तै अध्ययन गरिएका ४ अस्पतालमा भर्ना बिरामीमध्ये औषतमा ३ दशमलव १२ प्रतिशत बिरामीको मृत्यु हुनेको गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । २०७२÷०७३ देखि । २०७५÷०७६ सम्ममा अस्पताल भर्ना भएका बिरामीहरुको ४८ घन्टाभित्र मृत्यु हुनेको संख्या धेरै रहेको छ ।  

Hamro Doctor
Last modified on 2020-07-18 09:14:20

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts