बेरूजु अंकको ८३.८७ प्रतिशत फर्छ्यौंट गरेपछि सिभिललाई सरकारकाे सम्मान



Download our app to get more features

काठमाडौं, साउन १५ । सिभिल अस्पतालले बेरूजु अंकको ८३.८७ प्रतिशत फर्छ्यौंट गरेका कारण संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्मानस्वरुप  प्रशंसा पत्र दिएकाे छ।

आर्थिक वर्ष ७५/७६ मा आ.व. २०७४/७५ सम्मको कुल बेरुजु अंकको ८३.८७ प्रतिशत फछ्र्यौट एवम् आ.व. २०७५/७६ मा शून्य बेरुजु कायम गरी सर्वोत्कृष्ट कार्य गरेको हुँदा प्रशंसा पत्र प्रदान गरिएको हो। 

भविष्यमा बेरुजु हुन नदिने गरी आर्थिक प्रशासन संचालन गर्ने र बेरुजु शून्य गराउने तर्फ अझ बढी प्रेरित भई कार्य गर्न हुनेछ भन्ने विश्वास लिइएको मन्त्रालयले बताएको छ। साथै उक्त प्रयासको उच्च मूल्याङ्न गदैं सबै कर्मचारीहरुमा धन्यावाद दिइएको छ।

Last modified on 2020-07-30 22:08:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts