चितवनमा याे साता थपिएनन् नयाँ संक्रमित, शुक्रवार चार जना काेराेना मुक्त



Download our app to get more features

चितवन, १६ साउन । चितवनमा याे साता नयाँ काेराेना संक्रमित थपिएका छैनन् । चितवनकाे प्रयाेगशालामा शुक्रवार एक सय १२ नमुनामा काेराेना भाइरस (काेभिड-१९) परीक्षण गरिएकाेमा सबैकाे नतिजा नेगेटिभ आएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।

शुक्रवारकाे समेतगरि याे साता चितवनकाे प्रयाेगशालामा विभिन्न जिल्लाका सहित आठ सय ४८ नमुना परीक्षण गरिएकाे छ । जसमध्ये नवलपुरका छ जना पुरूष र एक जना महिलामा काेराेना संक्रमण देखिएकाे छ । चितवन जिल्लाकाे मात्र याे साता सात सय ८५ नमुना परीक्षण गरिएकाे छ । जिल्लामा याे साता कुनै पनि नयाँ संक्रमित नथपिएकाे भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।

यता शुक्रवार भरतपुर अस्पतालबाट चार जना संक्रमित काेराेनामुक्त भएर घर फर्किएका छन् । अब अस्पतालमा छ जना संक्रमित उपचाररत रहेका पौडेलले बताए ।

गत शुक्रवार प्रयाेगशालामा १ सय ५७ नमुना परीक्षण गरिएकाे मध्ये स्थानीय क्वारेन्टिनमा रहेका भरतपुर महानगरपालिका ११ का ४६ वर्षीय पुरूषमा काेराेना संक्रमण देखिएकाे थियाे । उनीहरूकाे चितवनमा रहेकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।

Last modified on 2020-07-31 20:56:59

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts