नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६५ पुग्यो



Download our app to get more features

काठमाडौं, २२ साउन । नेपालमा पछिल्लो २४ घन्टामा पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ र दुईका गरी ५ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा मोरंग जिल्ला दर्वेसा बस्ने ४५ वर्षका एक पुरुषको कोशी अस्पताल ल्याउने क्रममा बुधवार बाटोमै मृत्यु भएको थियो । यस्तै विराटनगर महानगरपालिकाका ४५ वर्षका अर्का एक पुरुषको उपचारको क्रममा बुधवार नै मृत्यु भएको थियो ।

यस्तै सर्लाही मलंगवाका वर्ष ६५ का एक महिलाको शशस्त्र प्रहरी बल बल्म्बुस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने धनुषाको लालगढ निवासी ७२ वर्षीया एक महिलाको काठमाडौंस्थित ओम अस्पतालमा साउन १७ गते मृत्यु भएको र उनमा कोरोना संक्रमण पुष्टि भएको छ । 

सप्तरीको रुपनीमा मलेसियाबाट फर्केपछि होम आइसोलेसनमा बस्दै आएका वर्ष ४५ का एक पुरुषको स्वास्थ्यमा समस्या भएपछि उनको धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको र स्वाबमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts