बयलपाटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द



Download our app to get more features

अछाम, २२ साउन । अछाममा न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयलपाटा असपतालमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बिहिबार अस्पतालमा कार्यरत २९ वर्षीय एक पुरुष स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । 

अस्पतालले स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि शुक्रबारदेखि लागु हुने गरी आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४८ सय ९० पुग्यो, कुन जिल्लामा कति ?
सुदूरपश्चिममा बिहिवार नौ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, शिक्षण अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप नौँ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बाजुराका तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । उनका अनुसार शिक्षण अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका एक जनामा संक्रमण पुष्टि भएको छ ।  

यता सेती प्रादेशिक अस्पतालको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा आज थप दुई जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन सय ७५ जनाको कोरोना परीक्षण भएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का २९ बर्षीय पुरुष र अछामको साँफेवगर नगरपालिकाका २७ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । 

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज तीन जनामा संक्रमण पुष्टि भएको छ। २४ घण्टामा एक सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा तीन जनाको रिपोर्ट पोजेटिभ र एक सय ८६ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रयोगशाला ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए ।

उनका अनुसार डोटीको सायल गाउँपालिका वडा नम्वर १ का २८ वर्षीय पुरुष र १० वर्षीया बालिका गरी दुई जना र बैतडीको मेलौली नगरपालिका वडा नम्वर ७ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । आज नौँ जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ९० पुगेको छ ।   

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार दुई सय ४९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ८४, अछाममा सात सय २९, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कञ्चनपुरका पाँच सय ७०, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ९३ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका तीन हजार चार सय डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts