स्वास्थ्य मन्त्रालयका अधिकांश कर्मचारी आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, २६ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अधिकांश कर्मचारी आइसोलेसनमा बसेका छन् ।

आइतवार मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कर्मचारीमा कोरोना देखिएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयकै कर्मचारीमा कोरोना पुष्टि भएपछि मन्त्रालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी अधिकांश कर्मचारीलाई आइसोलेसनमा बस्न भनिएको हो ।

अन्य समयको तुलनामा मन्त्रालयमा सोमवारदेखि मानिसहरुको आवतजावत कम भएको छ भने मन्त्रालय सुनसान बनेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts