समुदायमा कोरोना संक्रमण फैलिएपछि भदौ ५ गतेसम्म बुटवल बन्द



Download our app to get more features

रुपन्देही, २८ साउन । कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै बुटवल उपमहानगरपालिकाले बुटवल बन्द गर्ने निर्णय गरेको छ ।

प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको विशेष उपस्थितीमा बुधबार उपमानगरको कोभिड१९ संकट व्यवस्थापन समितिको बैठकले भोलि राती ११ः४५ देखि भदौ ५ गते राती ११ः४५ सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

उपमहानगरका मेयर शिवराज सुवेदीको अध्यक्षता तथा विभिन्न सुरक्षा निकाय, राजनीतिक दल तथा प्रतिनीधिहरुको बैठकले बुटवलदेखि बाहिर जाने तथा बुटवल भित्रिनेहरुका लागि २४ घण्टाको समय दिएर लकडाउन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

लकडाउन अवधिमा अत्यावश्यकीय सेवाका स्वाथ्य क्षेत्र, खाद्यान्न, दुग्ध तथा तरकारी सञ्चालनमा आउन दिइने भएको छ । 

बुटवल हुँदै चल्ने लामो दुरीका सवारीका साधानलाई बुटवलमा यात्रु ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइने, सामान ढुवानीका साधनहरुलाई विशेष सुरक्षा अपनाएर लोड अनलोड गर्न दिइने, उद्योगमा कार्यरत कर्मचारी तथा कामदारहरुलाई बाहिर निस्कन नपाउने गरी स्वास्थ्य सुरक्षा अपनाई उद्योग सञ्चालन गर्न दिइने भएको छ ।

यसैगरी लकडाउन अवधिमा उपमहानगर तथा सबै वडाबाट हुने अत्यावश्यकीय बाहेकका सबै सार्वजनिक सेवा बन्द गरिने भएको छ । 

प्रमुख प्रशासकीय अधिकृत शर्माले दिएको जानकारी अनुसार बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना कर्मचारीका ५० प्रतिशत कर्मचारी मात्रै उपस्थित हुने गरी कार्यालय सञ्चालन गर्न पाउने भएका छन् । 

लकडाउन अवधिमा सार्वजनिक, नीजि तथा सरकारी सवारीका साधन समेत अत्यावश्यक बाहेक सञ्चालनमा ल्याउन नपाइने बताए । यसै गरि तिलोत्तमा नगरपालिकालेपनि अत्यावश्यक सेवा बाहेक अरु संञ्चालन नर्गन एक विज्ञप्ति जारी गरि आग्रह गरेको छ ।

Last modified on 2020-08-12 19:11:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts