स्क्रब टाइफसका कारण बैतडीमा एक बालिकाको मुत्यु



Download our app to get more features

बैतडी, २८ साउन । स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । 

जिल्लाको दोगडाकेदार गाउँपालिका –३ श्रीकोटकी १४ वर्षीया पुजा जोशीको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दै गर्दा बाटोमै मृत्यु भएको हो । 

स्क्रब टाइफसबाट संक्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मंगलबार धनगढीको सारथी अस्पताल पुर्याइएको थियो । त्यहाँबाट पनि रेफर भएपछि बुधबार कोहलपुर लग्दै गर्दा चिसापानीमा बालिकाको मृत्यु भएको उनका फुपाजु शंकरदत्त भट्टले बताए । 

मृतक पुजाका बुवा रोजगारीको शिलशिलामा विदेश रहेका छन् । उनलाई उपचारका लागि आमा र हजुरबुवाले धनगढी पुगाएका थिए ।

Last modified on 2020-08-12 19:28:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts