सबै स्वास्थ्यकर्मीको पीसीआर गरेर मात्रै काममा लगाउनू : स्वास्थ्य मन्त्रालय



Download our app to get more features

काठमाण्डौ,२८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनका डाक्टर, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई अनिवार्य पीसीआर परीक्षण गरेर मात्रै बिरामीको उपचार गर्न लगाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयले संक्रमण बढ्दै जादा स्वास्थ्यकर्मीहरु पनि उच्च जोखिममा रहेकालेयस्तो  निर्देशन दिएको हो ।  संक्रमणबाट जोगाउन र संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीबाट पनि अन्य व्यक्तिलाई संक्रमित हुनबाट जोगाउन यस्तो निर्णय गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

 

 

Last modified on 2020-08-12 20:12:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts