कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा १० जनाको मृत्यु



Download our app to get more features

काठमाण्डौ,२८ साउन । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौंमा ५ सहित १० जनाको ज्यान गएको छ ।
नेपालमा  कोरोना संक्रमणको दर बढेसँगै  मृत्युदर पनि बढेको हो ।

मन्त्रालयले  यो विवरण तयार पार्दासम्म बुधबार ८ जनाको मृत्यु भएकोमा आजै वीरगञ्ज र विराटनगरमा एक एक जनाको ज्यान गएको छ । 
योसँगै मृतकको कुल संख्या ९३ पुगेको छ भने, एकै दिनमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

एकैदिन यति धेरै संख्यामा मृत्यु भएको बुधबार पहिलो पटक हो। कोरोनाबाट पहिलोपटक सिन्धुपाल्चोकी २९ वर्षीय गर्भवतीको जेठ ४ गते मृत्यु भएको थियो । 

स्वास्थ्य मन्त्रालयको बुधबार बेलुकीसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी प्रदेश २ मा ३८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

यस्तै, बागमती प्रदेशमा १७ जना, प्रदेश ५ मा १२ जना, प्रदेश १ मा ९ जना, सुदुरपश्चिम प्रदेशमा ७ जनाको मृत्यु भएको छ।

त्यसैगरी, गण्डकी प्रदेशमा ६ र कर्णालीमा ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

संक्रमणबाट मृत्यु हुनेमा ४९ दिनको शिशुदेखि ८५ वर्षसम्मका रहेका छन्। उमेर अनुसार हेर्ने हो ५० वर्षभन्दा माथि मृत्यु हुनेको संख्या बढी रहेको छ।

मृत्यु हुनेमा अधिंकाशमा अन्य दीर्घ रोग समेत रहेको पाइएको छ । तर, कम उमेरका र कुनै रोग नभएकाहरुको पनि मृत्यु भएका घटना छन् ।

जिल्लागत आधारमा सबैभन्दा बढी पर्सामा मात्रै १८ जनाको कोरोनाकै कारण ज्यान गएको छ । विज्ञहरुले संक्रमण समुदायमा बढ्दै जाँदा मृत्युदर पनि बढ्नसक्ने चेतावनी दिएका छन् ।

अहिलेसम्म मृत्यु भएकामध्येको ठूलो संख्याको मृत्युपछि मात्रै भाइरस पोजेटिभ भएको पाइएको छ । सरकारले उपचारका लागि बेड संख्या अहिल्यै अभाव भइरहेको बताइसकेको छ ।

त्यसैगरी प्रयाप्त मात्रामा आइसियु, भेन्टिलेटर जनशक्तिको व्यवस्था नहुदा समयमा नै  उपचार नपाएर पनि मृत्युदर बढ्नसक्ने  विज्ञहरुले बताएकाछन् । 

Last modified on 2020-08-12 20:52:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts