मिर्गौला किनबेच प्रकरणमा चिकित्सकसहितका आरोपी धरौटीमा छुटे



Download our app to get more features

काठमाण्डौं,२८ साउन । चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस( पुरानो मेडिकल कलेज)मा भएको भनिएको मिर्गौला किनबेचका प्रकरणमा आरोपीहरु धरौटीमा छुटेका छन् ।
 मंगलबार जिल्ला अदालत पाटनमा भएको थुनछेक बहसपछि उनीलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । मुख्य तीन जना अभियुक्तलाई ४ लाख जनही धरौटीमा छाडिएको ललितपुर प्रहरी परिसरले बताएको छ । 
 यस्तै, अदालतले मिर्गौला बेचेको आरोप लागेका व्यक्तिलाई २० हजार धरौटीमा छाडेको छ । अदालतले प्रत्यारोपणमा संलग्न डाक्टरसहितका अन्यलाई ५०—५० हजार धरौटीमा छाडेको हो । उनीहरुलाई सुरुमा मानव बेचबिखन ऐनअन्तर्गत मुद्धा चलाउने तयारी प्रहरी गरेको थियो । तर, अदालतले अस्पताल जोडिएको घटनाभन्दैं  मुद्धा दर्ता गर्न अस्वीकार गरेपछि मानव अंग प्रत्यारोपण ऐन अन्तर्गत प्रहरीले मुद्धा चलाएको थियो । 

Last modified on 2020-08-12 21:32:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts