चितवनमा थप सात जना पुरूषमा काेराेना संक्रमण देखियाे



Download our app to get more features

चितवन, २८ साउन । चितवनमा थप सात जना पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गर्दा बुधवार थप सात जना पुरूषमा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।

उनका अनुसार संक्रमण पुष्टि हुनेमा स्थानीय क्वारेन्टिनमा रहेका राप्ती नगरपालिका ६ का २०, २१, समान ३१ र ३४ वर्षका २/२ जना सहित छ जना पुरूष रहेका छन् । त्यस्तै भरतपुर महानगरपालिका ७ का ३९ वर्षीय एक चिकित्सक छन् ।

बुधवार प्रयाेगशालामा २ सय ३ नमुना परीक्षण गरिएकाे मध्ये ती ७ जना पुरूषमा संक्रमण देखिएकाे हाे । बाँकी १ सय ९६ नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे उनले बताइन् ।

मंगलबार चितवनकाे प्रयाेगशालामा ३ सय १० नमूना परीक्षण गरिएकोमा चितवन सहित विभिन्न जिल्लाका गरि २१ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे थियाे ।

Last modified on 2020-08-12 22:06:14

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts