आफ्नै खर्चमा कोरोना परीक्षण गर्न व्यवसायीलाई सरकारको आग्रह



Download our app to get more features

काठमाण्डौं, २९ साउन । सरकारले सपिङ मल, रेष्टुरेन्ट, होटल र उद्योग व्यवसायमा संलग्न व्यवसायी र कर्मचारीलाई आफ्नै खर्चमा कोरोना संक्रमण परीक्षण गराउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी यस्ता व्यवसायमा संलग्न हुने व्यक्तिको सम्पर्कमा धेरै व्यक्ति आउने र जोखिम हुने अवस्था भएको भन्दै आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्न आग्रह गरेको हो ।

‘नेपालका घनावस्ती भएका जिल्लाहरुका विभिन्न शहरहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटल आदि उद्योग व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ । 
त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्ने व्यवस्था गर्नुहुन अनुरोध गरिन्छ’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Last modified on 2020-08-13 06:38:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts