चितवनमा बुधवार संक्रमित हुनेमा एक चिकित्सक र छ शसस्त्र प्रहरी



Download our app to get more features

चितवन, २९ साउन । चितवनमा बुधवार संक्रमित हुनेमा एक चिकित्सक र छ जना शसस्त्र प्रहरी रहेकाे खुल्न आएकाे छ । चितवनमा बुधवार थप सात जना पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गर्दा बुधवार थप सात जना पुरूषमा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिएकी थिईन् ।

उनका अनुसार संक्रमण पुष्टि हुनेमा स्थानीय क्वारेन्टिनमा रहेका राप्ती नगरपालिका ६ का २०, २१, समान ३१ र ३४ वर्षका २/२ जना सहित छ जना पुरूष रहेका थिए । उनीहरू शसस्त्र प्रहरी हुन् । त्यस्तै भरतपुर महानगरपालिका ७ का ३९ वर्षीय एक पुरूष थिए । उनी रत्ननगर अस्पतालमा कार्यरत चिकित्सक हुन ।

बुधवार चितवनकाे प्रयाेगशालामा २ सय ३ नमुना परीक्षण गरिएकाे मध्ये ती ७ जना पुरूषमा संक्रमण देखिएकाे हाे । बाँकी १ सय ९६ नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे प्रयाेगशाला प्रमुख डा. अधिकारी बताइन् ।

यसअघि मंगलवार चितवनकाे प्रयाेगशालामा ३ सय १० नमूना परीक्षण गरिएकोमा चितवन सहित विभिन्न जिल्लाका गरि २१ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे थियाे ।

Last modified on 2020-08-13 07:31:52

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts