डेढ महिनाअघि बैतडीबाट संकलन भएका १ सय ४४ नमूना कता हराए ?



Download our app to get more features

बैतडी, २९ साउन । बैतडीबाट संकलन भएका १ सय ४४ नागरिकको स्वाबको रिपोर्ट हालसम्म आएको छैन् । भारतबाट फर्केका र आरडीटी पोजेटिभ भएका उनीहरुको रिपोर्ट डेढ महिना बितिसक्दा समेत आएको छैन ।
 
जिल्लाको मेलौली नगरपालिका ८० जना, दोगडाकेदार गाउँपालिकाका ३९ जना, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाका ९/९ जना र शिवनाथ गाउँपालिकाका ७ जनाको स्वाबको रिपोट नआएको स्वास्थ्य कार्यालय बैतडीका कोभीड –१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए । 

स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाइएको भएपनि डेढ महिना बढी बितिसक्दा समेत रिपोट नआएको उनले बताए । समयमा रिपोर्ट नआएपछि धनगढी प्रयोगशालालाई जानकारी गराइसकेको भएपनि स्वाब रिपोट अझै आउन नसकेको जोशीले बताए । 

यसरी धेरै समयसम्म रिपोर्ट नआएकाले स्वाबहरु हराएको अथवा अन्यत्र कतै रिपोर्ट गएको हुनसक्ने आशंका गरिन थालेको छ ।

Last modified on 2020-08-13 14:45:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts