नेपाल फार्मेसी परिषदको १५ औं नाम दर्ता परीक्षा अनिश्चितकालका लागि स्थगित



Download our app to get more features

काठमाडौं, २९ साउन । नेपाल फार्मेसी परिषदको १५ औं नाम दर्ता परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

परिषदले बिहीवार सूचना जारी गर्दै मन्त्रीपरिषदको गत साउन २६ गते बसेको बैठकले लामो तथा मध्यम दूरीका यात्रुवाहक सवारीसाधन भदौ १६ गतेदेखि मात्र सञ्चालन गर्ने निर्णय गरेपछि भदौ १२ र १३ गतेका लागि तय भएको फार्मेसीको १५ औं परीक्षा स्थगित गरिएको हो ।

परिषदले भदौ १२ र १३ गते फार्मेसी सहायक एवं फर्मासिस्टको नाम दर्ता परीक्षा तय गरेकोमा अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगन गरेको जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts