२४ घन्टामा थपिए ५ सय २५ नयाँ संक्रमित, मृत्यु हुनेको संख्या ९५ पुग्यो



Download our app to get more features

काठमाडौं, २९ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १ सय ९ जनाले कोरोना संक्रमणलाई जितेको बताए । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १६ हजार ८ सय ३७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा नेपालका विभिन्न ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण संक्रमित हुनेको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

Last modified on 2020-08-13 16:27:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts