शुरक्षित रुपमा चाडपर्व मनाउन सामाजीक मन्त्री बरालको आग्रह



Download our app to get more features

रुपन्देही, ३ भाद्र  ।सामाजि विकास मन्त्री सुदर्शन बरालले महिलाहरुको महान चार्ड हरितालिका (तीज) पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन।

तिजको पुर्व सन्ध्यामा वुधवार शुभकामना सन्देश संप्रेषण गर्दै कोभिड १९ लाई मध्यनजगर गरी जारी गरिएको मापदण्डलाई पालना गरी पर्व मनाउन अनुरोध गरेका छन ।प्रदेश सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणको प्रयास गर्दा गर्दे पनि पनि समाजमा यसको संक्रमण दर बढिरहेकोले जनाउदै जनस्वास्थ्यमा पर्नसक्ने थप नकारात्मक असर आउन नदिन सबैको पहलकदमी आवश्यक रहेको वताए ।

मन्त्री बरालले शुभकामना सन्देश तथा अपिलमा भनिएको छ – यसमा प्रदेश सरकार गम्भीर भएको छ । जन जीवन आजिविका र जन स्वास्थ्यलाई विशेष ध्यान दिनु सरकारको जिम्मेवारी हो भने सभ्य समाजको कर्तव्य पनि हो।

यस महामारीको क्षणमा हामीले बर्षौँदेखि मनाउदै आईरहेका साँस्कृतिक एवं धार्मिक महत्वका चाडपर्व जात्रा महोत्व आदि मनाउदा विशेष स्वास्थ्य सुरक्षा सावधानी अपनाउन उनले अपिल गरेका छन।

कोभिड १९ रोकथामको प्रभावकारी उपाय भनेको अनावश्यक हिडडुल नगर्नु र सरसफाईमा जोड दिनु नै रहेको उल्लेख गर्दे मन्त्री वरालले सकेसम्म यस किसिमका जमघट हुने चाड पर्वहरु मनाउदा घरपरिवार मात्र मिलेर मनाउनुहुन, चेलीबेटीहरु घर( माईत जाने काम यस महामारीको बेलामा नगर्नुहुनका कोभिड १९ को सन्दर्भमा पालना गर्नुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड,२०७७ र चाडपर्व जात्रा तथा उत्वसहरु मनाँउदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड, पालना तथा अवलम्बन गर्नुहुन सर्वसाधारण सबैमा अनुरोध गनु भएको छ ।

पर्वहरु मनाउँदा आफु, आफनो परिवार र समाजको स्वास्थ्यमा समेत ख्याल गरिदिनुहुन यस मन्त्रालय समाजका सबै तह र तप्काका बुद्धिजिवी, अधिरकारकर्मी, नागरिक समाज र आम सर्वसाधारणहरुमा हार्दिक अपील गर्दछ। श्ुभकामना सन्देश तथा अपिलमा उल्लेख गरिएको छ ।

Last modified on 2020-08-19 18:22:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts