नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो, १८ हजारभन्दा बढी स्वस्थ



Download our app to get more features

काठमाडौं, ५ भदौ । नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ८ सय ३८ जना नयाँ संक्रमित थपिएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न ३९ वटा प्रयोगशालमा गरिएको परीक्षणमा ८ सय ३८ जना नयाँ संक्रमित थपिएको र नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको बताए ।

यस्तै पछिल्लो २४ घन्टामा थप २ सुय ५० जना कोराृेना संक्रमित निको भएको र नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या १८ हजार २ सय ३२ पुगेको पनि उनले बताए ।
 

Last modified on 2020-08-21 16:34:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts