बिरामीको उपचार गर्दागर्दै संक्रमित भएकी नर्स भन्छिन्ः रोगलाई परास्त गरेर काममा फर्किन्छु 



Download our app to get more features

काम गर्दैगर्दा कोरोना संक्रमित भएछु, स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद ।

म एक नर्स म आफ्नो पेशामाथि गर्व गर्छु । मलाइ थाहा छ कि म केवल सर्टिफिकेटका लागि मात्र पढेको होइन जस्तो सुकै अवस्थामा पनि बिरामिको सेवा गर्न सकु र गर्छु भनेर नर्स पेशा अंगालेको हुँ । 

आफ्नो व्यक्तिगत कुराहरुलाई त्यागेर निरन्तर रुपमा बिरामिको सेवामा लागिरहेको पनि केहि वर्ष भैसकेछ । काम गर्दै गर्दा यो अवस्था आउछ होला भन्ने सोचेका थिएनौ । तर, एक्कासि संसारलाइ नै तर्साउने गरि कोरोना भाइरस फैलियो । कयौ देशहरुमा हजारौ नागरिकको ज्यान गयो । 

विस्तारै अवस्था जटिल बन्दै गयो । विस्तारै संक्रमितहरु नेपालमा पनि देखिन थाल्यो । तर, कहिल्यै हतोत्साहित नभइ निरन्तर आफ्नो कर्ममा लागिरहे मैले सोचे कि म एकजना नर्सलाई गार्हो हुने भयो म सन्क्रमित हुन्छु कि भनेर आफ्नो काम छोड्ने हो भने हालत के होला ? भन्ने सोचेर अग्रजहरुको सल्लाह सुझावलाई ग्रहण गर्दै काममा लागिरहे !

घरमा बुवाआमा, भाइ बहिनिलाई आफैले सम्झाए, म मा मात्र सिमित छैन बाबा ममि मैले समाजका लागि काम गर्नु पर्छ म यतिखेर घरमा काम नगरि बस्ने हो भने मैले नर्स पेसा अगालेको अर्थ हुँदैन न आत्तिनु म सुरक्षित भएर बिरामिको सेवा गर्नेछु भनेर घर परिवारलाइ सम्झाउदै आफ्नो कर्ममा लागिरहे ।

कयाैंरात बाबाममि निदाउनु भएको छैन । कतै छोरि संक्रमित त हुने होइन भनेर, भोलि समाजले के भन्ला, छि छि र दुरदुर गर्ला भन्ने चिन्तामा परिवार हुनुहुन्थ्यो ।

केहि दिन अगाडी अस्पतालमा उपचार गराइरहनुभएका बिरामीमा कोरोना पोजेटिभ भयो रे भन्ने सुने । उहाँहरुलाई सँधै हामिले रेखदेख गरिरहेका हुन्थ्यौ । एक्कासि त्यस्तो सुनेपछि एकछिन त अनेक कुरा सोच्न पुगेछु । पछि आफुलाई सम्हाले त्यसपछि हामिलाई छुटै ठाउँमा क्वारेन्टाइनमा राखियो । त्यसको पर्सि पल्ट म लगायत हामि साथिहरुको कोरोना परीक्षण्का लागि स्वाब लगियो नभन्दै हाम्रो रिपोर्ट पनि पोजेटिभ आयो । एकछिन तनावमा रहे, कसरी घर भन्ने होला ? अब के हुने हो भन्ने भयो ।

म आफुलाई सम्हाले । म आज कमजोर महसुस गरेपनि मेरो परिवारलाई चिन्ता हुन्छ । समाजलाई चिन्ता पर्छ मैले मनोवल बलियो बनाउनुपर्छ भन्ने सोचेर अहिले आफ्नो मनोबल उच्च बनाएर मैले यो रोगलाई परास्त गर्छु भन्ने आत्मविश्वास लिएको छु । 

आज मलाई गर्व छ म आत्तिएकि छैन । बिरामीको सेवा गर्दा र आफ्नो कर्म पुरा गर्दा म संक्रमित भएकि हुँ । हामी संक्रमितलाई समाजले हेर्ने नजर राम्रो बनोस् । हामिले रोग रहरले सारेका हैनौ । आफ्नो जिम्मेवारी पुरा गर्दा यो संक्रमण भएको हो । पहिला नै हामि डराएर बिरामिको सेवा नगरेको भए बिरामीको अवस्था के हुन्थ्यो । सबैको सोच सकारात्मक बनोस् । 

संक्रमित नर्स, डाक्टर, सुरक्षाकमी लगायत आम नागरिकलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । हाम्रो स्वास्थ्य लाभको कामना गर्नुहुने हाम्रो केयर गर्नुहुने अस्पताल प्रशासन, डाक्टर, नर्स, परिवार, साथीभाइ, आफन्तजन, समाजका सबै नागरिकहरुप्रति अस्पतालको बेडबाट धन्यवाद व्यक्त गर्दछु । 

सञ्चो भएपछि उहि मनोबलका साथ हजारौ बिरामिको सेवा गर्नेछु । मलाई नर्स हुनुमा गर्व छ ।

बाबा मामु न आत्तिनु हजुरको छोरि झन् बलियो भएर कोरोना जस्तो रोगलाई  परास्त गरेर कर्ममा फर्किन्छे ।

म हारेको छैन झन् म मा मनोबल दह्रो भएको छ ।


(तिवारी चितवनको एक निजी अस्पतालमा कार्यरत नर्स हुन् ।)

Last modified on 2020-08-22 10:59:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts