काठमाण्डौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थपिए 



Download our app to get more features


काठमाण्डौं,६ भदौ ।  काठमाडौं उपत्यकामा आज २१६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा २ हजार ४ सय ५३, ललितपुरको ३ सय ९९ र भक्तपुरमा २ सय ४४ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ जना पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप १ सय ३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार ३ सय ५० उपचारपछि निको भएका छन्।

 

Last modified on 2020-08-22 20:00:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts