आफ्नो सम्पर्कमा रहेका व्यक्तिलाई कोरोना पोजेटिभ हुदैमा नआत्तिनुस 



Download our app to get more features

काठमाण्डौं,६ भदौ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको सङ्क्रमण दिनहुँ बढीरहेकाले स्वास्थ्य परीक्षण गर्दा  ध्यान दिन सुझाव दिएको छ ।

आफ्नो सम्पर्कमा रहेका व्यक्तिलाई कोरोना पोजेटिभ देखिनासाथ आत्तिएर धेरै जना स्वास्थ्य परीक्षणमा जाने गरेको भन्दै स्वास्थ्य मन्त्रालयले त्यसो नगर्न भनेको  हो । सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिले स्वास्थ्य परीक्षणका लागि ५ देखि ७ दिन पर्खनु पर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेशवर गौतमले बताएकाछन् । ।

उनका अनुसार सङ्क्रमितसँग सम्पर्कमा रहनासाथ गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ आउन सक्ने भएकाले स्वास्थय परीक्षणका लागि ५ देखि ७ दिन पर्खनुपर्छ । 

यो अवधिमा अरुको सम्पर्कमा नरहने गरी होम क्वरेण्टीनमा बस्न उनले आग्रह गरे । अहिले काठमाण्डौ उपत्यका लगायत देशका धेरै ठाउँमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले स्वास्थ्य परीक्षणमा ध्यान दिन सके पनि सङ्क्रमण केही कम हुन सक्ने मन्त्रालयको अनुमान छ ।

Last modified on 2020-08-22 20:48:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts