रुपन्देहीमा एकैदिन ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु, नेपालमा संख्या १ सय ५७ पुग्यो
काठमाडौं, ८ भदौ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुनेमा ५ जना पुरुष र ३ जना महिला रहेको भन्दै नेपालमा कोरोना भाइर संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको बताए ।
मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय एक पुरुष, मोरङगका ६५ वर्षीय एक पुरुष, पर्साकी ७० वर्षीया एक महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीका ६७ वर्षीया एक महिला, रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय तीना जना पुरुष गरि ८ जना रहेका छन् ।
