वीर अस्पतालमा एमआरआई सेवा सुरु

What's This?


Download our app to get more features

काठमाण्डौं, ५ चैत्र । निजी अस्पतालमा महँगो मूल्यमा एमआरआई गराउँदै आएका नेपालीले अब सस्तोमै वीर अस्पतालमा एमआरआई सेवा प्राप्त गर्नेभएका छन् । आठ करोड ६१ लाखको लगानीमा अस्पतालले सेवा सुरु गरेको हो । 

स्वास्थ्यमन्त्री रामजनम चौधरीले शुक्रबार एमआरआई सेवाको उद्घाटन गर्दै वीर अस्पताललाई सबै सेवा सुविधा सम्पन्न बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । 
‘वीर अस्पताललाई केन्द्रीय अस्पतालका रुपमा विकास गर्न आधुनिक प्रविधिका भवन बनाउने काम भइरहेको छ’ मन्त्री चौधरीले भने, ‘यसलाई गरिब जनताको मात्र नभई सबैको भरोसाको अस्पताल बनाउन कुनै कसर बाँकी राखिने छैन ।’ 

उनले सबैखाले रोगको एक थलोमा उपचार पाउने वातावरण वीर अस्पतालमा गराउन आफू लागिपरेको बताए । वीर अस्पतालका निर्देशक डा. स्वयम्प्रसाद पण्डितले एमआरआई सेवा सुरु भएपछि बिरामीले चर्को मूल्य तिर्नु नपर्ने बताए । 

नेपालको १ सय २७ वर्षको इतिहास बोकेको वीर अस्पतालमा एमआरआई सेवा सुरु भएपछि सबैखाले रोगको उपचार सम्भव भएको अर्थोपेडिक तथा ट्रमा सर्जरी विभागका प्रमुख प्रा. डा. श्रीकृष्ण गिरीले बताए । उनले सेवा सुरु भएपछि रेडियसनबाट हुने खतरा पनि नहुने जानकारी दिए । 

उद्घाटनपछि मन्त्री चौधरीले वीर अस्पतालका अन्य उपकरण स्पेसल एक्सरे, सिटी स्क्यान, इमर्जेन्सी सेवालगायतको पनि निरीक्षण गरेका थिए । 


रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts