प्रदेश २ मा पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु



Download our app to get more features

पर्सा, १५ भदौ । प्रदेश नम्बर २ मा पहिलो पटक कोरोना संक्रमितको उपचार प्लाज्मा गेरापीबाट सुरु भएको छ ।

कोरोना महामारीको केन्द्र बनेको प्रदेश २ को पर्सामा आइतवार पहिलो पटक कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार सुरु भएको छ ।

लामो प्रयास पश्चात प्रदेश २ मा पहिलोपटक कनभ्यालेसेन्ट प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमित बिरामीको उपचार सुरु गरिएको हो ।

नारायणी अस्पतालको आईसीयूमा रहेका कोरोनाका गम्भीर प्रकारका निमोनियाको बिरामीलाई सीपीएपीको सपोर्टमा राखिएको छ ।

ब्लड बैंक, रेड क्रस लगायतको सहयोगमा बिरामीलाई प्लाज्मा थेरापी दिइएको डा उदय सिंहले बताए ।
 
डा सिंहले बिरामीको अवस्था अहिले गम्भीर नै रहेको तर सुधारका लागि प्रयास भइरहेको जानकारी गराए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts