नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु



Download our app to get more features

महोत्तरी, १६ भदौ । नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

महोत्तरी जिल्ला मनरा सिसवा नगरपालिका ४ का हेल्थ असिस्टेन्ट कमलेस सहनीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा उनी कोरोना संक्रमित भएका थिए । संक्रमण पुष्टि भएका उनको स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको बताइएको छ ।

नेपालमा यसअघि स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपनि मृत्यु भने भएको थिएन । नेपालमा कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मीको मृत्यु भएको यो पहिलो घटना हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts