पर्साको कोरोना अस्थायी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

पर्सा, १७ भदौ । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । 

बाराको सिम्रौनगढ नगरपालिका–९ बसबरियाटोलका ९७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मुटु रोगी र दमको समस्या रहेका उनमा उच्च रक्तचापको समेत समस्या थियो ।

उपचारको क्रममा उनको आज मृत्यु भएको गण्डक अस्थायी कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले बताए ।

भदौ १२ गते स्वाब संकलन गरेको दुई दिनपछि पिसिआर परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको र भदौ १४ गते अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts