कोरोनाको पिसिआर टेष्ट बन्द गर्नुपर्छ : मेसु डा. शर्मा



Download our app to get more features

दाङ, १८ भदौ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीका मेसु डा. सर्बेश शर्माले कोरोना पिसिआर  टेष्ट बन्द गर्नु पर्ने बताएका छन् । डा. शर्माले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै पिसिआर टेष्टको कुनै अर्ध नभएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् कोरोना टेष्ट बन्द गरौं किनकी जति धेरै टेष्ट उति धेरै कोरोना । मान्छेहरु खान नपाएर मरिरहेका छन् हामी अरबौं रुपैया कोरोनामा खर्च गरिरहेका छौं र अझै गर्दैछौं । डा. शर्माले यो आफ्नो व्यक्तिगत विचार रहेको भन्दै सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका हुन् ।

धेरै हल्ला खल्ला पनि नगरौं, किनकी कोरोनाले भन्दा अरु कारणले धेरै क्षती भैसक्यो उनले फेसबुकमा लेखेका छन् । डा. सर्बेश शर्माको फेसबुक स्टाटस जस्ताको तस्तै आज मेरो मनमा Covid-19 सम्बन्धमा अलि फरक खालको क्रान्तिकारि बिचार आयो कसैले त प्रतिगमनवादी पनि भन्नुहोला तर यसो गरे कसो होला ?

१. PCR टेस्ट बन्द गरौं किनकी जति धेरै टेस्ट उति धेरै कोरोना, मान्छेहरु खान नपाएर मरिरहेका छन हामी अरबौ रुपैया PCR मा खर्च गरिरहेकाछौ र अझै गर्दैछौ।

२. आइसोलेसन, कन्ट्र्याक ट्रेसिङ, क्वारेन्टाइन बनाउने, अस्पताल सिल गर्ने काम बन्द गरौं ।

३. ज्वरो आएमा, स्वास्प्रस्वासमा समस्या भएमा वा अन्य लक्षण भएमा मात्र अस्पताल जाऔ र पोजिटिभले पोजिटिभको उपचार गरौं ।

४. लकडाउन गर्ने तर अन्य तयारी नगर्ने हो भने लकडाउन / निशेधाज्ञा सबै हटाउ । धेरै हल्ला खल्ला पनि नगरौं, किनकी कोरोनाले भन्दा अरु कारणले धेरै क्षती भैसक्यो, धेरै मान्छे मरिसके र देशको आर्थिक अवस्था धरासायी भैसक्यो । अझै यो क्रम अन्त्य होला जस्तो छैन ।

५.धेरै नडराउ किनकी कोरोनाको कारणले मात्र होईन अन्य कारणले पनि मरिन्छ नि ? कोरोनाले भन्दा धेरै मानिस त अहिले दीर्घ रोग र अन्य रोगको उपचार नपाएर मरिरहेका छन।

६. कोरोना संगै बाच्न सिकौ, आफ्नो सुरक्षा आफैं गरौ। मास्क लगाउ, हात धोऔ, भौतिक दुरि कायम गरौ र सामान्य जिवनशैलिमा फर्किउ।

Last modified on 2020-09-03 10:51:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts