रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्षसहित ५ जनामा कोरोना संक्रमण
रुपन्देही, १८ भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवटलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उनले सामाजीक सञ्जाल फेसबुकमा आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन् ।
यस्तै गाउँपालिकाका अध्यक्ष केवटसँगै उनकी २० वर्षीया छोरी, ४२ वर्षीय चालक, ५० वर्षीय एकजना वडा सदस्य र ३२ वर्षीय अर्का एकजना वडा सचिवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भदौ ३ गते वडा सचिवको र गत बिहिबार अन्को स्वाब संकलन गरेर परीक्षणका लागि पठाएकोमा बिहीबार रिपोर्टमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएपछि उनी सहित उनका परिवारका सदस्य र वडा सदस्य तथा वडा सचिव होम आइसोलेशनमा बसेका छन् ।
जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको कार्यालयमा भदौ २० गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
