धरानमा उपचाररत सप्तरीका २ सङ्क्रमितको मृत्यु 



Download our app to get more features

धरान, १७ भदौ । सप्तरीमा बिहीबार थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 
कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेमा राजगढ गाउँपालिका ६ का ६५ वर्षीय पुरुष र राजविराज नगरपालिका ७ का एक पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।  

 दुवै जनाको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो । उनीहरुलाई ज्वरो आएपछि तत्काल राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको र थप उपचारको लागि धरान पठाइएको प्रमुख यादवले बताए । 

उनका अनुसार सप्तरीमा अहिलेसम्म आठ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा आठ जनाको ज्यान गएको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts