गण्डकीमा थपिए ४० जना नयाँ कोरोना संक्रमित, संख्या २३ सय नाघ्यो



Download our app to get more features

पोखरा, १९ भदौ । पोखरा महानगरपालिकामा १६ जना सहित गण्डकीमा ४० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार थपिएका १६ जना मध्ये ७ जना नेपाल प्रहरीमा कार्यरत हुन् । उनीहरु वडा नम्बर १५ मा कार्यरत छन् ।

त्यस्तै पोखराको वडा नम्बर १० मा ३ जना, वडा नम्बर २७ मा २ जना र वडा नम्बर ७, १२, १४, ५, र ३० मा एक एक जना संक्रमित थपिएका छन् ।

यसैगरी नवलपुरमाा १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये १६ जना गैडाकोटका छन् भने १ जना देवचुलीका हुन् ।

त्यस्तै लमजुङमा ३ जना, स्याङ्जामा १ जना, बाग्लुङमा १ जना र तनहुँमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts