पर्सामा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु



Download our app to get more features

पर्सा, २३ भदौ । पर्सामा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको सोमवार राति मृत्यु भएको हो ।

उनको स्वाब गत साउन १४ गते संकलन गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि साउन १४ गतेदेखि नै उनी अस्पताल भर्ना भएर उपचार गराउँदै आएका थिए ।

ती पुरुषमा कोरोना संक्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ । 

Last modified on 2020-09-08 08:58:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts