गण्डकी प्रदेशमा ४९ जना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, २५ भदौ । गण्डकी प्रदेशमा ४९ जना कोरोना संक्रमित थपिएकाछन् । स्वास्थ्यकर्मी र प्रहरीसहित ४९ जना सङ्क्रमित थपिएका हुन् । 

सबैभन्दा धेरै सङ्क्रमित कास्कीको पोखरा महानगरपालिकामा १९ जना थपिएका छन् । त्यस्तै स्याङ्जामा १२ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै बाग्लुङका नौ जना, तनहुँमा तीन जना, नवलपरासी सुस्ता पूर्वमा पाँच जना र पर्वतमा एक जना थपिएका छन् । 

पोखरामा सङ्क्रमण पुष्टि भएकामध्ये एक जना पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत नर्स र पर्वतमा प्रहरीमा कार्यरत रहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिए । 

यसैगरी स्याङ्जाका सङ्क्रमितमध्ये ४ जना जिल्ला मालपोत कार्यालयका कर्मचारी र एक जना वडा सचिव रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।  
स्याङ्जामा सङ्क्रमित भएका जुवाडेहरुको सम्पर्कमा आएकाको कन्ट्याक ट्रेसिङमा समुदाय स्तरका पाँच जनामा कोरोना देखिएको हो । 
योसँगै बिहीबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार सात सय २८ जना पुगेको छ । 
एक हजार आठ सय आठ जना निको भएका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts