गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, २६ भदौ ।  गण्डकी प्रदेशमा  थप १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

पिसिआर परीक्षण गर्दा क्षयरोग उपचार केन्दमा १२ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जना गरि  १७ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। 

संक्रमित हुनेमा कास्कीका २, तनहुँका १, स्याङजाका २ र नवलपरासी १२ जना रहेका छन्। 

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ४७ पुगेको छ।

गण्डकी प्रदेशका अनुसार सबै जना संक्रमित कन्ट्याक टेसिङबाट पहिचान भएका हुन्। उनीहलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts