१६ जना नेपाली सेनासहित गण्डकीमा थपिए ३२ नयाँ संक्रमित, संख्या ३ हजार नजिक



Download our app to get more features

पोखरा, २८ भदौ । गण्डकी प्रदेशमा १६ जना नेपाली सेनासहित ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लमजुङ सुन्दरबजारस्थित आर्मी क्याम्पका १६ जना नेपाली सेनासहित प्रदेशभरि आज बिहान थप ३२ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ ।
 
स्याङ्जाका ४, कास्कीका २, लमजुङका १७, तनहुँका १ र नवलपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनित गरेको विवरणमा उल्लेख छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ३५ पुगेको छ भने हालसम्म २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts