गण्डकी प्रदेशका थप तीन कोरोना सङ्क्रिमतको मृत्यु  



Download our app to get more features

काठमाडौं, २८ भदौ । गण्डकी प्रदेशका थप तीन जना कोरोना  सङ्क्रिमतको मृत्यु भएको छ । योसँगै गण्डकीमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार काठमाण्डौका विभिन्न अस्पतालमा तीन जनाको ज्यान गएको हो । 

तनहुँको आबुखैरेनी गाउँपालिका ४ की ७६ वर्षीया वृद्धाको मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा भदौ २४ गते ज्यान गएको हो । उनलाई मुटुसम्बन्धी समस्या थियो ।
त्यस्तै गोरखाको भीमसेन थापा गाउँपालिका ३ का ४५ वर्षीय पुरुषको पनि शिक्षण अस्पतालमै २७ गते ज्यान गएको हो । उनलाई  मृगौलासम्बन्धी समस्या थियो ।

यस्तै कास्कीको मादी गाउँपालिका ४ घर भइ काठमाण्डौको नयाँबजार बस्ने ५१ वर्षीय पुरुषको सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भदौ २७ गते निधनभएको हो । उनलाई  क्यान्सर र हाइपोथाइराडिजमको समस्या थियो ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts