गण्डकी प्रदेशमा थपिए ५२ जना नयाँ कोरोना संक्रमित, एकको मृत्यु



Download our app to get more features

पोखरा, ३० भदौ । गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । 

पोखरा स्वास्थ्य विज्ञान प्रतष्ठिान, क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा मंगलबार ७ जिल्लाका ५२ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना पुष्टि हुनेमा नवलपुरका २०, स्याङ्जाका १३, तनहुँका ९, कास्कीका ६, गोरखाका २, लमजुङ र मनाङका १र१ जना छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३१ सय १७ पुगेको छ । तीमध्ये १८ सय ९५ जना निको भएका छन् ।

यस्तै, गण्डकी प्रदेशमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ की ६३ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । योसँगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको हो ।

ती महिलाको काठमाडौं छाउनीस्थित वीरेन्द्र अस्पतालमा सोमबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । क्यान्सर रोगी उनमा २५ भदौमा कोरोना पुष्टि भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts