विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४ लाख नाघ्यो 

सार्क राष्ट्रको तथ्यांक



Download our app to get more features

एजेन्सी,३ असोज । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ४ लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ४ लाख ६ हजार १ सय ९७ जना संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६७ लाख २३ हजार ३ सय ५ पुगेको छ। त्यस्तै भारतमा ५२ लाख १४ हजार ६ सय ७७, ब्राजिलमा ४४ लाख ९५ हजार १ सय ८३ र रुसमा १० लाख ८६  हजार ९ सय ५५ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ। 

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख ५० हजार  नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार ९ लाख ५० हजार ४ सय ३४ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। 

अमेरिकामा १ लाख ९८ हजार ४ सय ८४,  ब्राजिलमा १ लाख ३५ हजार ७ सय ९३ ,  मेक्सीकोमा  ७२ हजार ८ सय ३, बेलायतमा ४१ हजार ८ सय २१, इटालीमा ३५ हजार ६ सय ६८ जनाको मृत्यु भएको छ।

विश्वभर दुई करोड  ६ लाख ७९ हजार २ सय ७२ जना संक्रमणमुक्त भएका छन्। 

यस्तै, ब्राजिलमा ३८ लाख ९७ हजार ५ सय ३९, अमेरिकामा २५ लाख ५६ हजार ४ सय ६५, रुसमा ८ लाख ९८ हजार ४ सय २० जना संक्रमणमुक्त भएका छन्।

भारतमा संक्रमितको संख्या ५२ लाख १४ हजार ६ सय ७७ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ८४ हजार ३ सय ७२ पुगेको छ। भारतमा हालसम्म ४१ लाख १२ हजार ५ सय ५१जना  संक्रमित संक्रमणमुक्त भएका छन्।
    पाकिस्तानमा हालसम्म ३ लाख ४ हजार ३ सय ८६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ४ सय ८ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९१ हजार ६ सय ८३ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ४५ हजार ८ सय ५ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ८ सय ८१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  २ लाख ५२ हजार ३ सय ३५  छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ८ सय  ८३ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ३७ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ५ सय ७६ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ९ हजार ५ सय ६८ जना रहेको छ। मृत्यु हुनेको संख्या ३३ छ भने उपचारपछि निको हुनेको संख्या ८ हजार ७७ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ३ हजार २ सय ८१ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार ६० रहेको छ।

भुटानमा संक्रमितको संख्या २ सय ५२ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १ सय ८२ छ।

नेपालमा पनि ६१ हजार ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ४३ हजार ८ सय २०  जना संक्रमणमुक्त भएका छन् भने ३ सय ९० जनाको मृत्यु भएको छ।

Last modified on 2020-09-19 12:28:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts