नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठलाई जनसेवाश्री पदक



Download our app to get more features

काठमाडौं, ३ असोज । नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठलाई जनसेवाश्री पदकबाट सम्मान गरिएको छ । 
श्रेष्ठले औषधि उत्पादक संघमा ४३ बर्ष विताएको हाम्रो डाक्टर न्युजसँगको कुराकानीमा बताए । उनले अहिले करिब सात सय जनालाई रोजगार दिएका छन् ।  

आउँदो अधिवेशनका लागि वरिष्ठ उपाध्यक्षको दावेदार पनि रहेका छन् । अहिले त्यसैको तयारीमा लागेको उनले बताए ।

सरकारले संविधान दिवसको अवसरमा विभिन्न विभूषण, अलंकार र पदकबाट यस वर्ष ५ सय ९४ जनालाई सम्मान गर्ने भएको छ ।
सरकारले सार्वजनिक गरेको सूची अनुसार  सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथम, द्वीतिय र तृतियबाट सम्मान गर्न लागेको हो । 

सरकारले हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts