हामो डाक्टर डटकमको शुभारम्भ हुँदै 

What's This?


Download our app to get more features


काठमाण्डौं, ६ चैत्र । अनलाइन, मोबाइल एप र युट्यूव च्यानलमार्फत स्वास्थ्य एकैपटक सेवा दिने गरी सुरु भएको हाम्रो डाक्टर आज शुभारम्भ हुँदैछ । राजधानीमा आयोजना हुने एक समारोहमा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले यसको औपचारिक सुरुवात गर्दै छन् ।


राजधानीको सिडब्लु रेष्टुरेण्टमा आयोजना हुने शुभारम्भ समारोहको हामो डाक्टर डटकमबाट प्रत्यक्ष प्रशारण हुनेछ । अनलाइन र एपमा देशभर उपलब्ध रहेको स्वास्थ्य सेवाको सम्पूर्ण विवरण, जानकारी, सूचना र समाचार समेटिएको अनलाइन र मोबाइल एप्लिकेशनले आममानिसलाई स्वास्थ्य सेवा प्रदायकसम्म पुर्याउन सहयोग गर्नेछ ।

शुभारम्भ कार्यक्रमसँगैे गुगल प्लेस्टोरबाट एप डाउनलोड गर्न सकिने छ । एन्ड्रोइड प्रयोगकर्ताहरुको सुरुवाति प्रतिक्रिया आएसँगै आगामी दुई महिनाभित्र आइओएस प्लेस्टोरमा समेत प्राप्त हुने गरी एपको नयाँ भर्सन निकाल्ने तयारी रहेको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts