प्रदेश ५ सरकारद्वारा ८ स्वास्थ्यकर्मीलाई 'प्रदेश सेवा' पदकबाट विभुषित



Download our app to get more features

रुपन्देही, ३ असोज । प्रदेश ५ सरकारले संविधान दिवसको अवसरमा प्रदेश सेवा पदकबाट ८ जना स्वास्थ्यकर्मीलाई विभुषित गरेको छ ।

प्रदेशका ४ डाक्टर, २ नर्स, १ आयुर्वेद र १ जना ल्याव टेक्निसियनलाई विभुषित गरेको छ । 

विभुषित हुनेमा डा. राजेन्द्र प्रसाद खनाल लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट, डा. सुमित प्रजापति भीम अस्पताल भैरहवा, डा. उत्तम पच्या गुल्मी जिल्ला अस्पताल गुल्मी तम्घास रहेका छन् ।

उनीहरुलाई कोभिड १९ बाट संक्रमित बिरामी र अन्य बिरामीहरुको उपचारको समुचित व्यवस्था मिलाएको र जिल्ला अस्पतालमा कार्यरत रही स्वास्थ्य सेवामा प्रशंसनीय कार्य गरेको कारण विभुषित गरेको छ ।

त्यस्तै २ जना नर्स बसुन्धरा ज्ञवाली गौतम भेरी अस्पतालमा कार्यरत रही खजुरास्थित कोरोना संक्रमितहरुको उपचारगर्ने अस्पतालमा समेत खटिई संक्रमितहरुको उपचारमा संलग्न भई विशेष योगदान गरेको बाँके प्रदेश सेवा समर्पण पदक 'ख' र आयुस्मा अर्याल कपिलबस्तु अस्पतालमा रही कोभिड १९ संक्रमितहरुको उपचारमा संलग्नरहेको कपिलवस्तु समाजसेवा पदकबाट विभुषित गरेको छ ।

त्यस्तै विष्णुहरि आचार्य रुपन्देहीस्थित आइसोलेसन केन्द्रहरुमा आयूर्वेदिक पद्धति र योगामार्फत कोभिड १९ संक्रमितहरुको उपचार गरेको र संक्रमितहरुमा हौसला प्रदानगरेको रुपन्देही प्रदेश सेवा समर्पण पदकवाट विभुषित गरेको छ । 

प्रदेश सरकारले लक्ष्मण पन्थी प्रदेश जनस्वास्थ प्रयोगशालामा कार्यरत रही कोभिड १९ का सम्भावित संक्रमितहरुको नमुना संकलन गरी ल्याब परीक्षण गरेको रुपन्देही प्रदेश सेवा समर्पण पदक र डा. चित्र प्रसाद वाग्ले (मरणोपरान्त) अर्घाखाँची जिल्ला अस्पतालमा रही स्वास्थ्य सेवाको क्षेत्रमा विशेषयोगदान गरेको अर्घाखाँची सेवा समर्पण पदकबाट विभुषित गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts