बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु, संख्या १० पुग्यो



Download our app to get more features

बाँके, ४ असोज । बाँकेमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरि अस्पतालमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको अस्पतालका डा खगेन्द्रजंग शाहले बताए ।

भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पुष्टि भएको थियो । प्लाज्मा थेरापीबाट उपचार गरिएका उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको पनि डा शाहले बताए । तर, राति साढे ११ बजे उनको मृत्यु भएको जानकारी उनले दिए ।

उनको दुवैतिरको फोक्सोमा निमोनिया देखिएको थियो ।

योसँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts