थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु, मृत्युदर शून्य दशमलव ७ प्रतिशत पुग्यो



Download our app to get more features

काठमाडौं, ५ असोज । नेपालमा थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ महिला र १३ पुरुष गरि थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा झापाका ७२, सुनसरीका ४९, पर्साका ८८, भक्तपुरका ८४ र ६२, काठमाडौंका ५८ र ७३, मकवानपुरका ६८, ललितपुरका ६१, चितवनका ५५, रुपन्देहीका ६७, बाँकेका ५० र ५९ वर्षका गरि १३ जना पुरुषहरु रहेका छन् ।

यसैगरी मकवानपुरकी १७ वर्षीया, दोलखाकी ५२ वर्षीया र ललिपतुरकी ५८ वर्षीया गरि ३ जना महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७ प्रतिशत रहेको छ । 

यस्तै नेपालमा हाल १ सय ९६ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ३१ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts