काठमाडौं उपत्यकामा ६७४ कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, ५ असोज । सोमबार काठमाडौं उपत्यकामा ६ सय ७४ कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा संक्रमितको संख्या १७ हजार २ सय ९० पुगेको छ।

काठमाडौंमा ५ सय ३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै काठमाडौंमा १४ हजार १५४, ललितपुरमा १ हजार ६ सय १० र भक्तपुरमा १ हजार ५ सय २६ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा ११५४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको स्वासथ्य मन्त्रालयले जनाएको छ । 
देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। देशभर ८ हजार ६ सय ९० जना होम आइसोलेसनमा छन्।

आज १००५ जना निको भएका छन्। हालसम्म ४७ हजार २ सय ३८ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts